
२९ अषाढ २०७६, काठमाडौं
डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले चिकिसकहरुको उजुरीका आधारमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको व्यक्तिको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनको नाम भने गोप्य राखिएको छ ।
गत बुधबार शव परीक्षणमा ढिलो भएको भन्दै मृकतकका आफन्तहरुले चिकित्सकमाथि हातपात गरेका थिए ।
उक्त हातापातपछि चिकित्सकहरुले विज्ञप्ति जारी गर्दै सुरक्षाको माग गर्नुका साथै दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका थिए ।





