
२९ अषाढ २०७६, काठमाडौं
वातावरण परिवर्तनसँगै मानिसलाई अनेकौं रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।
ग्लोबल वार्मिङ्गका कारण मानिस विभिन्न शारीरिक तथा मानसिक रोगबाट ग्रसित हुनु परिरहेको हुन्छ ।
ति समस्याहरुबाट अन्य समस्याहरुको जन्म भइरहेको हुन्छ ।
त्यस्तै, समस्याहरुबाट आएको ‘अनिन्द्रा’ एउटा मुख्य समस्या हो ।
विभिन्न अन्तराष्ट्रिय स्तरमा गरिएको तथ्यांकहरुले देखाएअनुसार मानिस अनिवार्य रुपमा ७ देखि ९ घण्टासम्म सुत्नैपर्ने हुन्छ ।
तथ्यांकका अनुसार, २४ प्रतिशत, तनावको २१ प्रतिशत, रिसाउने २४ प्रतिशत, कुण्ठाको २५ प्रतिशत, महत्वकांक्ष्य २५ प्रतिशत, काम गर्ने २८ प्रतिशत, आत्माहत्यको २८ प्रतिशत समस्य देखिन्छ ।
प्रायः मानिसहरु आफ्नो नपुगेको निन्द्रा पुर्याउन खाली समयको सदुपयोग गर्दैनन् ।

तर….
यस्तो बानी कदापी राम्रो मानिदैन् ।
कति मानिसहरु निन्द्रा नलाग्ने समस्यहरुबाट पिल्सिएर बसिरहेका हुन्छन् ।
जसका लागि मिठो निन्द्रा कसरी पार्ने ?
यो जानकारी तपाईहरुको लागि !
–सुत्ने र उठ्ने समय नियमित बनाउने ।
कुन समय सुत्ने? कुन समयमा उठ्ने ? ठिक समय बनाउनुहोस् ।
सधैँ एउटै समयमा सुत्ने, उठ्ने गर्नुहोस् ।
जसमा मूख्य कुरा भनेको जागा रहने निश्चित समय बनाउनुहोस्, यसैले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ ।
–सकेसम्म अध्यारोमा बस्नुहोस्
निन्द्राका लागि आवश्यक महत्वपूर्र्ण हार्मोनका लागि शरीरले अँध्यारो खोजिरहेको हुन्छ ।
सुत्न अघि उज्यालोलाई कम बनाउनुहोस् ।
जसको अर्थ,अर्थ मोबाइल,टीभी, कम्प्युटरको स्क्रीन टाढा रहनु पनि हो ।
स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ।

–तापक्रम घटाउनुहोस्
प्राकृतिक रूपमा हेर्ने हो भने तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी पनि हुन्छ ।
तापक्रम घट्दा निन्द्रा राम्रोसँग पर्छ ।
तर…..
पछिल्लो समय कतिपय मानिसहरु एउटै तापक्रममा बस्न खोजिरहेका हुन्छन् ।
निद्रा पर्नको लागि हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झन्डै एक डिग्री सेल्सियसले घटनैपर्छ ।
–ओछ्यान मात्रै सुत्नको लागि जानुहोस्
ओछ्यानमा मात्रै सुत्नको लागि जानुहोस् ।
जस्तैः खाना खानु, पढ्न र खेल्नका लागि होइन् ।
–कफीको सेवन कम मात्रामा गर्नुहोस्
सुत्नुभन्दा १२ घण्टा अघि मात्रै कम मात्रामा कफीजस्ता पेय पदार्थको सेवन गर्नुहोस् ।
कफीमा ‘हाफ लाइफ’ हुन्छ ।
त्यसैले, यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुन्छ ।
–मदिराको सेवन नगर्नुहोस्
प्रायः मानिसहरुको भनाई मदिराले निद्रा पार्छ ।
तर…
यो कुरा सत्य होइन ।
मदिराको सेवनबाट लागेको निन्द्राले स्वास्थ्यमा असर पर्दछ ।





