जान्नुहोस् !!गर्भावस्थामा यौन सम्पर्क गर्न मिल्छ कि, मिल्दैन ?



२८ अषाढ २०७६, काठमाडौं

‘महिलाहरु सृष्टिकर्ता हुन्’ भनेर भनिन्छ ।

तर, त्यो सृष्टिलाई अविछिन्न राख्नको लागि उनीहरुले धेरै नै पींडादायक समय कटाउनुपर्ने हुन्छ ।

त्यहाँ पुरुषको कुनै भूमिका नै हुँदैन भन्ने त होइन तर पनि तुलनात्मक रुपमा हेर्दा यो सबै श्रेय महिलालाई नै जान्छ ।

एउटी आमाले ९ महिना एउटा बच्चालाई पेटमा राखेर जन्म दिन्छिन् ।

त्यो अवधिभित्रको पींडा ती आमालाई मात्र थाहा हुन्छ, जसले ९ महिनाभन्दा बढी समय एउटा मानव स्वरुपलाई पेटमा राखेकी हुन्छिन् ।

त्यो अवधिभित्रमा कुनै कुनै यस्तो कुराहरु छन् । जो सबै आमा तथा महिलाहरुलाई सामान्यतयाः थाहा हुँदैन ।

तर, जान्न भने अतिआवश्यक छ ।

एउटा महिलाले सभ्य आमा बन्नको लागि के के गर्नुपर्दछ ? उसले आफूलाई सभ्य आमाको रुपमा पाउन कस्तो कुराहरुमा ध्यान दिनुपर्छ?

अनि आमा भइसकेपछि कस्तो खालका व्यवहार तथा खानपिनमा ध्यान दिने यी यावत् कुराहरुका बारेमा मैले राजधानीस्थित शंखरापुर हस्पिटलकी महिला तथा प्रसुती रोग विशेषज्ञ ऋचा शुक्लासँग कुराकारनी गरेकी छु ।

यो विशेष सामग्री तपाईँकै लागिः

१, बच्चा पेटमा आइसकेको कसरी थाहा हुन्छ?

जब पेटमा बच्चा आउँछ ।

अनि महिलामा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरु आउन सक्छन् । जस्तोः वाकवाकी लाग्ने ।

जस्तोसुकै खानाहरुमा अरुची बढ्नका

साथै महिनावारीसमेत गढबढ हुने तथा रोकिने हुन्छ ।

स्तनको टुप्पोमा कालो घेरा बस्ने ।

२, बच्चा पेटमा आइसकेपछि के के कुरामा ध्यान दिन आवश्यक छ?

–जस्तोसुकै अप्ठ्यारो बाटोमा नहिँड्ने ।

–श्रीमानको सम्पर्कमा नबस्ने ।

–प्रशस्त आराम गर्ने ।

–गह्रौं सामानहरु नउचाल्ने आदि इत्यादि कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

३, एउटी महिला आफू आमा बन्दै गर्दा कस्तो खानाको सेवन गर्दा स्वास्थ्यको दृष्टिले राम्रो हुन्छ?

–गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली नराख्ने ।

–खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खाने ।

–अन्य समयभन्दा बढी झेलयुक्त खानेकुरा खाने ।

–नियमित सेवन गर्ने औषधी आइरन, क्याल्सियम खाने ।

–गाढा हरियो सागसब्जी खाने ।

–अण्डा खाने ।

–गेडागेडी खाने ।

–जोखिम पुर्ण बानीहरु त्याग्ने ।

४, गर्भावस्थामा कस्तो खानपान नगर्ने ?

–काँचो मासु वा काँचो अण्डा नखाने ।

–धुम्रपान–मद्यपान नगर्ने ।

–गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि नखाने ।

–चिकित्सकहरुको सल्लाहबिना कुनै पनि औषधीको सेवन नगर्ने ।

५, गर्भावस्थामा यौन सम्पर्क गर्दा मिल्छ कि मिल्दैन ?

गर्भावस्थामा यौन सम्पर्क गर्न मिल्छ कि ? मिल्दैन भनेर प्रायःदम्पतीहरु यही चिन्ताले पिरोलिरहेका हुन्छन् ।

गर्भावस्थामा बच्चा र महिलालाई यौन सम्पर्कका कारण नकरात्मक असर पर्छ कि भनेर चिन्ता लिनु स्वाभाविक कुरा हो ।

गर्भावस्थामा केही महिलाहरुमा यौन इच्छको कमी हुन्छ भने केही महिलामा बढी मात्रामा आउन सक्छ ।

पटक–पटक गर्भपतन भएकाहरुले गर्भ रहेको सुरुको ३ महिना र अन्तिमको एक महिना भने यौन सम्पर्क राख्न मिल्दैन ।

यो भन्दा अन्य समयमा यौन समपर्क राख्दा पेट नथिची सावधानी पूर्वक यौनसम्पर्क राख्न मिल्छ ।

६, गर्भावस्थामा हुने समस्यहरु

–आँखा तिर्मिराएर धमिलो देख्ने ।

–हात र मुख सुन्निने ।

–टाउको साह्रै दुख्ने ।

–कडासित तल्लो पेट दुख्ने ।

–योनीबाट रगत बग्ने ।

७, गर्भावस्थामा कब्जियत हुने सम्भावना बढी मात्रामा हुन्छ ? बच्ने कसरी ?

कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खान आवश्यक हुन्छ ।

साथै कब्जियत भएको थाहा हुने बित्तिकै टाक्टरकहाँ देखाउन जाने गर्नुपर्छ ।

८, गर्भावस्थामा देखिने अन्य लक्षणहरु

–थकाइ लाग्ने वा जिउ गल्ने ।

–शरीरमा ज्वरो आएजस्तो हुने ।

–स्तन गानिएर आउने, ठूलो हुने ।

–बारम्बार पिसाव लाग्ने ।

–ढाड (तल्लो भाग )दुख्ने ।

–दिक्क लाग्ने वा तनाव हुने ।

९, एउटी आमाले बच्चा जन्माउने बेलामा हुने ब्यथा

–आठ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्ने ।

–पहिले हातखुट्टा वा नाल निस्कने ।

–हातखुट्टा अह्ररो भई काँप छुट्ने वा मूर्छा पर्ने ।

–बच्चा जन्माउनुअघि अथवा बच्चा जन्मिसकेपछि पनि धेरै रगत बग्ने ।

 

प्रतिक्रिया दिनुहोस्