
२७ असार २०७६, काठमाडौं
नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको चुडिएको औला जोडिएको छ ।
मोटरसाईकलको चेनमा परि बालकको चोरी र साईली औला चुडिएको थियो ।
बालकको चुडिएको औला करिव नौ घण्टापश्चात जोड्न सफल भएको अस्पतालका सर्जन डा.संगम रायमाझीले जानकारी दिए ।
चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने, माझी तथा चोरी औला बिचबाट चुडिएको थियो र रक्तसंञ्चार रोकिसकेको थियो ।





