बच्नुहोस् झाडापखालाबाट त्यसैले, जान्नुहोस् यस्तो उपायहरु



२७ असार २०७६, काठमाडौं

मनसुन सुरु भैसकेको छ ।

दिनप्रति–दिन वर्षातको समयसँगै मानिसलाई अनेकौ रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

बर्षातको समयमा धेरै सताउने मध्ये एक हो–झाडापखाला

जुन रोग दुषित खाना तथा पानीको कारणले लाग्ने रोग हो ।

पछिल्लो समयमा नेपालीहरुमा यो रोग निकै बढ्दै गएको देखिन्छ ।

नेपालमा झाडापखालाजन्य रोगका कारण बर्षामा करिब १५ हजार बालबालिकाको ज्यान जाने गरेको विशेषज्ञहरु बताउँछन् ।

झाडापखाला सजिलैसँग उपचार गरेर निको पार्न सकिने रोग पनि हो ।

समयमै यसको लक्षण पहिचान गर्ने हो भने सामान्य औषधि जीवनजलकै सेवनले यो रोग निर्र्मूल पार्न सकिन्छ ।

तर,,,,,,

झाडापखाला सामान्य रोग भनि हेलचेक्र्याँई गर्न गरेको अवस्थामा ज्यान लिने सम्भावना पनि हुन्छ ।

झाडापखाला दुषित पानी तथा खानपानको लापारवाहीले आउने समस्य हो ।

वास्तवमा झाडापखाला आफैमा रोग होइन, लक्षण हो ।

यो अवस्थामा शरिरमा जलवियोजन भयो भने मृगौला फेल हुने तथा शरिरमा इलेक्ट्रोलाइटहरुको असन्तुलन भएर विभिन्न समस्या उत्पन्न हुने जोखिम रहन्छ ।

धेरै पटक दिसा भयो र दिसा पातलो भयो भने त्यसलाई झाडापखालाको रुपमा लिइन्छ ।

झाडापखाला भएको बेलामा पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने तथा वान्ता आउने जस्तो समयहरु आउन सक्छ ।

झाडापखाला लाग्नुको मुख्य कारक तत्व जिवाणु, विषाणु तथा परिजिवी लगायतको संक्रमणले गर्दा झाडापखाला लाग्दछ, भने कतिपय अवस्थामा संक्रमण विनानै पनि झाडापखाला लाग्छ ।

झाडापखाला भएको अवस्थामा दिसा पातलो हुने, धेरैपटक लाग्ने मात्र नभएर पिसाब निकै कम लाग्ने पनि हुन्छ ।

त्यस्तै, पेट बटारिने, दुख्ने, वाकवाकी लाग्ने इत्यादि समस्य पनि देखिन्छन् ।

झाडापखाला भएको ४८ घण्टाभित्र कम भएन भने तथा ज्वरो पनि कम भएन भने, डाक्टरकहाँ गएर परामर्श लिने गर्नुपर्छ । किनकी यो निकै कडा खालको झाडापखलाको संकेत हो ।

झाडापखाला दुषित खानपान तथा पानीबाट सर्ने रोग हो, त्यसैले खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ ।

त्यसैले झाडापखालाबाट बच्नको लागि यस्तो उपायहरु गर्नुहोस्ः

–फलफुल तथा हरियो सागपातलाई राम्रोसँग पखालेर मात्र खानका साथै खानेकुरालाई जहिले पनि छोपेर राख्ने बाणी बसाल्नुहोस् ।

–खानेकुरा राम्रोसँग पकाएर मात्र खानुहोस् ।

–झाडापखालाबाट ग्रसित शिशुलाई आमाको दुधबाहेक बाहिरी दुध तथा दुधबाट बनेको परिकार नखुवाउनुहोस् ।

–फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखानुहोस् ।

–दिसा गरेपछि राम्रोसँग साबुनपानीले हात धुने बानी बसाल्नुहोस् ।

–पानी उमालेर मात्र पिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्