पाउनुहोस् !!ग्याष्ट्रिकबाट छुटकारा जसका लागि गर्नुहोस् यस्तो खानपान



२६ असार २०७६, काठमाडौं

विभिन्न जीवनशैलीसँगै खानपानका कारण अनेकौ रोगहरुको शिकार बनिरहेका हुन्छौँ ।

प्रायः नेपालीहरु खानपानप्रति त्यत्ति वास्ता गरिरहेका हुँदैनौं ।

आफ्नै लापारवाहीका कारण हामी आफैमाथि रोगहरु निम्त्याईरहेका हुन्छौं ।

जसमा एक हो –ग्याष्ट्रिक

ग्याष्ट्रिकको समस्य नभएको मानिस कमै मात्रामा भेटिएलान् ।

जुन, ग्याष्ट्रिकको उमेरसँग कुनै पनि सम्बन्ध हुँदैन ।

त्यसैले, जुनै पनि व्यक्तिलाई जुनसुकै समयमा आक्रमण गर्दछ ।

ग्याष्ट्रिक भईसकेपश्चात हरेक कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

जसकारण यो जानकारी तपाईहरुको लागि!

लसुन पानी पिउनुहोस्

विहान उठ्नासाथ २–३ पोटी लसुन पानीसँग निल्नुहोस्, जसले ग्याष्ट्रिक भएकाहरुलाई राहात मिल्नका साथै उच्च रक्तचाप भएकाहरूलाई समेत फाईदाजनक हुन्छ ।

कागती पानी पिउनुहोस्

खाली पेटमा कागती पानीको सेवन गर्नुहोस् । जसले ग्यास हटाउनका साथै पेट फुल्न दिँदैन ।

खाना समयमा खानुहोस्

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खानुहोस् । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

कार्बोहाइड्रेट कम खानुहोस्

पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु राम्रो मानिन्छ ।

प्रशस्त पानी पिउनुहोस्

सकेसम्म लगातार पानीको सेवनल पेटमा ग्यास जम्मा नहुनका साथै शरिरमा पानीको सन्तुलन कायम राख्न मदत गर्छ ।

प्रतिक्रिया दिनुहोस्