
२६ असार २०७६, काठमाडौं
डडेल्धुरा अस्पतालका डाक्टरहरुलाई स्वास्थ्य मन्त्रालयमा हाजिर हुन सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आग्रह गरेका छन् ।
जिल्लामा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं आउने आग्रह भनेको हो ।
‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नभए सम्म त्यहाँ कार्यरत चिकित्सकहरुलाई आत्मा सुरक्षाका लागि केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आग्रह गर्दछौं’ संघका अदक्ष्य डा.दिपेन्द्र पाण्डे र महासचिव डा. रविन खड्काद्धवारा हस्ताक्षरित विज्ञाप्तीमा उल्लेख छ ।
वुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परिक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।






