खानुहोस् मासु, तर खानुअघि अपनाउनुहोस् यस्तो उपायहरु



२६ असार २०७६, काठमाडौं

समयको परिवर्तनसँगै हरेक खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

जुनै खानपानको सेवन गर्न भन्दा अघि हर कुरालाई जान्न आवश्यक हुन्छ ।

जसमा एक हो–मासु

मासु मन नपराउने मान्छे कमै मात्रामा भेटिएलान् ।

प्रायः मानिसहरुले मासु शक्तिको रुपमा लिने गर्छन् ।

जुन, मासु प्रक्रिया मिलाएर खान सक्यो भने स्वास्थ्यको लागि फाईदाजनक पनि हुन्छ ।

तर….

त्यही, मासु बनाउन जानिएन भने, स्वास्थ्यको लागि हानिकारक पनि मानिन्छ ।

त्यसैले, मासुको सेवन गर्दा हरेक कुरा ध्यान दिन आवश्यक हुन्छ ।

जसका लागि यो जानकारी तपाईहरुको लागि !

–मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर र त्यसमा हल्का जिराको धुलो र कागती राखेर खानुहोस् ।

–एउटा जवान मानिसले एक दिनमा २५० ग्राम सम्म मासु खान स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

–मासु खाएपछि शरिरलाई हलचल वा व्यायम गर्नु स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ ।

–ग्यास्ट्रिकको समस्य भएको व्यक्तिले उसिनेको वा रसयुक्त मासु खानुहोस् ।

–मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी को सेवन गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्