प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह



२६ असार २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंङ्ख्याको जीवनस्तर सुधार भएको बताएको छ ।

उनले आमामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् ।

विश्व जनसंख्या दिवस अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर घटाएर जनसङ्ख्या वृद्धिदर नियनत्रण गर्न अपनाएको नीति,शिक्षा स्वास्थ्य तथा रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन भनिएको छ ।

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ ।

प्रधानमन्त्री ओलीले जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्