गेहेन्द्रनारायण अस्पतालमा सामाजिक सेवा एकाइको स्थापना



२५ असार २०७६, काठमाडौं

गेहेन्द्रनारायण अस्पतालमा सामाजिक सेवा एकाइको स्थापना गरिएको छ ।

लक्षित समूहका बिरामीलाई निःशुल्क वा आशिंक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले स्थापना गरिएको हो ।

सेवा सञ्चालनका विषयमा औपचारिक जानकारी दिदैँ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका आधारभूत र आकास्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर सो एकाइ स्थापना गरिएको बताए ।

लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आर्थिक वर्ष ०६९ ७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकामा उक्त अस्पतालमा गत चैत १२ गतेदेखि सेवा शुरु गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्