
२५ असार २०७६, काठमाडौं
बारेकोट नगरपालिकामा महिला स्वास्थ्यसस्थामा आएर सुरक्षित ढंगबाट सुत्केरी गराउनेको संख्या बढ्न थालेको छ ।
महिलास्वास्थ्यमै आएर सुत्केरी गराउँदा सुरक्षित रहने र आर्थिक सहयोग पनि प्राप्त गर्ने भएकाले सुत्केरी गराउनेक्रम बढ्न थालेको हो ।
स्वास्थ्यसस्थाबाट नियमित गर्भजाँच गरे रु.चार सय र सुत्केरी भएको खण्डामा रु.एक हजार प्रोत्साहनको भत्ता पनि दिने गरेका छन् ।
गाउँपलिकाबाट थप रु.एक हजार थप गरेपनि दुई वर्षायत स्वास्थस्वस्थमा सुत्केरी हुन आउने महिलाको संख्या चार गुणाले बढेको बारेकोट स्वास्थ्य शाखाका प्रमुख विरराज सिंहले जानकारी दिए ।





