
२५ असार २०७६, काठमाडौं
सत्तरीस्थित शम्भुनाथ नगरपालिकाले नगर अस्पताल सञ्चालनको लागि प्रक्रिय अगाडि बढाएको छ ।
नगरपालिकाको चौथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा अस्पताल सञ्चालनको विषयलाई समावेश गरिएको छ ।
उक्त, नगरपालिकाका अनुसार वडा नं. १० का रेशमलाल शाहले १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
नगरपालिकाले अस्पतालका लागि निःशुल्का जग्गा उपलब्ध गराउन भनी सुचना प्रकाशित गरेपछि शाहले करिव एक करोड रुपैयाँ बराबरको जग्गा उपलब्ध गराएका हुन् ।





