प्रदुषित पानीका कारण बढे, झाडाबान्ताका बिरामी



२५ असार २०७६, काठमाडौं

वर्षातको शुरुवातसँगै दुषित पानीका कारण विभिन्न रोगहरु देखा पर्न थालेका छ । सरकारी अस्पताल भरतपुरमा दैनिक झाडाबान्ताका बिरामीहरु आउन थालेका हुन् ।

त्यस्तै, निजी अस्पतालमा पनि यस्तो बिरामीहरुको दिनप्रतिदिन संख्या बढिरहेको छ ।

भरतपुर अस्पतालका वरिष्ट फिजिसियन डा.महेन्द्र अग्रहरीका अनुसार गत एक हप्ता देखी दैनिक ७ ८ झाडाबान्ताका बिरामी आउन थालेका छन् ।

प्रदुषित पानीसँगै भारतबाट आयतित आँपका कारण रोग देखा पर्ने र प्रायः बिरामीहरु युवावस्थाका रहेका डा. अग्रहरीले जानकारी बताए ।

दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने दिशामा रगा देखिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्