सर्पको टोकाईबाट एक बालिकाको मृत्यु



२३ असार २०७६, काठमाडौं

झापामा विषालु सर्पको टोकाईले सात बर्षीय बालिकाको मृत्यु भएको छ ।

आइतबार राती २ बजे सुतिरहेको अवस्थामा वैधानाथ गोसाइँकी छोरी निरुतालाई सर्पले टोकेका थियो ।

सर्पले टोकेको थाहा पाए लगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदश उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो ।

बालिकाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलया झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्