
२३ असार २०७६, काठमाडौं
विभिन्न जीवनशैलीसँगै खानपानका कारण मानिसको तौल बढिरहेको हुन्छ ।
तौल बढी हुनु र कम हुनु भनेको शारीरिक समस्य हो ।
बढी मात्रामा तौल हुनले अनेकौ रोगहरुले आक्रमण गर्दछ ।
शरिर भद्धा देखिन्छ ।
फेरी, अस्वभाबिक रुपमा तौल कम हुनु पनि स्वास्थ्यको हिसाबले राम्रो मानिदैन ।
शरिरको तौल बढी तथा कम हुनु भनेको नै रोगको संकेत देखाउनु हो ।
त्यसैले, आफ्नो शरिरको तौल बारे आफै जानकार हुन पर्दछ ।
जसका लागि एक उपाय –बिएमआई अर्थात बडी मास इन्डेक्स
जुन मोटोपन जाँच्ने सर्वमान्य मानक हो ।

जाँच्ने कसरी ?
शरीरको लम्बाई र तौलको हिसाब बिएमअईबाट निकाल्न सकिन्छ ।
तपाईले आफ्नो शरीरको लम्बाई सेन्टिमिटरमा नाप्ने र १ सय घटाउने,
जस्तै, तपाईको शरिरको लम्बाई ५ फिट दशमलव ५ इन्च छ भने तपाईको सेन्टिमिटरमा यो एक सय ७० सेन्टिमिटर हो ।
अब,
यसबाट १०० घटाइदिने हो भने, बाँकी ७० रहन्छ ।
जस्तै, तापईको उचाई ५ फिट ५ इन्चको छ भने, तौल ७० केजी हुनुपर्छ ।
–पाँच फिट उचाई भएको मानिसको तौल ५० देखि ५४ केजीसम्म सामान्य हो ।
–५ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ५१ देखि ५५ केजीसम्म सामान्य हो ।
–५ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ५६ देखि ६० केजीसम्म सामान्य हो ।
–५ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ५७ देखि ६१ केजीसम्म सामान्य हो ।
–५ फिट ४ इन्च उचाई भएको व्यक्तिको तौल ५८ देखि ६३ केजीसम्म सामान्य हो ।
–५ फिट ५ इन्च उचाई भएको व्यक्तिको तौल ६० देखि ६५ केजीसम्म सामान्य हो ।
–५ फिट ६ इन्च उचाई भएको व्यक्तिको तौल ६१ देखि ६६ केजीसम्म सामान्य हो ।
–५ फिट ७ इन्च उचाई भएको व्यक्तिको तौल ६४ देखि ६९ केजीसम्म सामान्य हो ।
–५ फिट ८ इन्च उचाई भएको व्यक्तिको तौल ६५ देखि ७० केजीसम्म सामान्य हो ।
–५ फिट ९ इन्च उचाई भएको व्यक्तिको तौल ६७ देखि ७२ केजीसम्म सामान्य हो ।
–६ फिट उचाई भएको व्यक्तिको तौल ७३ देखि ७८ केजीसम्म सामान्य हो ।
–६ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ७३ देखि ८० केजीसम्म सामान्य हो ।
–६ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ७७ देखि ८३ केजीसम्म सामान्य हो ।
–६ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ७९ देखि ८५ केजीसम्म सामान्य हो ।
नोटःबढी मात्रामा तौल हुनु वा कम तौल भनेको शरिरमा रोगको सम्भावना बढनु हो । त्यसैले, आफ्नो तौललाई नियन्त्रण गर्नुपर्छ । असामन्य माटोपनले मधुमेह, उच्च रक्तचाप लगायत हृदय रोगको खतरा बढाउँछ ।





