
२२ असार २०७६, काठमाडौं
समयको परिवर्तनसँगै हरेक मानिसको सोचाई पनि परिवर्तन हुँदै आएको छ ।
जुन हो–मोटोपन
पछिल्लो समयमा आएर मोटोपन मन पराउने व्यक्तिहरु कमै मात्रामा भेटिएलान् ।
प्रायः सबै मानिसहरु माटोपन देखि दिक्का भएर आफ्नो बजन घटाउन अनेकौ उपायहरु अपनाईरहेका हुन्छन् ।
जसमा, ठिक समयमा पानीको सेवनले पनि बजन घटाउँछ ।
त्यसैले हामी तपाईलाई बजन घटाउने उपायहरु दिएका छौँ ।

–विहान खालीपेटमा १–२ गिलाससम्म पानी पिउनुहोस् ।
यसरी उठ्नेबित्तिकै खाली पेटमा पानीको सेवनले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्न मदत गर्छ ।
विहान नास्ता भन्दा करिब एक घण्टा अगाडि नास्ता गरेको एक घण्टा पश्चात एक गिलास पानी पिउनुहोस् ।
–खाना भन्दा अगाडि पानी पिउने
किनभने, विहान वा बेलुका खाना खानुभन्दा २० मिनेट पहिले एक गिलास पानी पिउनले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाईदिन्छ ।
–पहिला पानी पिउने,अनि सुत्ने

सधैँ सुत्नभन्दा केही घण्टा अघि एक गिलास पानी पिउनले खानापश्चात केही खाना मन नलाग्नका साथै विहान उठ्दा शरिरमा रहेका विकार बस्तुहरु पानीसँगै जान्छ ।
–दिनभरी ९ /१० पटक थोरै–थोरै पानी पिउने,
–यसरी पानी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित भई तौल समेत घट्छ ।
दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घट्दै जान्छ ।





