
२२ असार २०७६, काठमाडौं
निजामती कर्मचारीहरु बिरामी नहुँदा पनि उपचार खर्च पाउने नियम रहेको पाईएको छ ।
हाल राज्य व्यवस्था तथा सुशान समीतिमा छलफल भईरहेको संघीय निजामतीको गठन, सञ्चालन र शर्त सम्बन्धमा व्यबस्थ गर्न बनेको विधेयकमा समेत यस्तो प्रस्ताप गरिएको छ ।
विगतको प्रचलनअनुसार गरिएको उक्त प्रस्तावको सांसदहरुले चर्को आलोचना गर्दै भन्छन्, काम गरिरहेकाहरुलाई उपचार गराउनु राज्यको दायित्व रहेपनि बिरामी नै नभएको व्यक्तिलाई खर्च दिन उचित हुँदैन ।
सांसद पम्फा भुषालले भनिन्, ‘लुकेर खाने घुस र बिरामी नभइ उपचार खर्च लिनु एउटै हो ।’
सांसदहरु यशोदा सुवेदी, डिला संग्रौला, महेशराज गहतराज, छक्क बहादुर लामा, प्रेम सुवाल, राजकिशोर यादवले लगायतले बिरामी नभइ उपचार खर्च लिने व्यवस्था हटाउन माग गरेका हुन् ।





