
२२ असार २०७६, काठमाडौं
दिनप्रति–दिन गर्मी भने झन बढीरहेको छ ।
गर्मीबाट आफ्नो शरिरलाई शितलता प्रदान गर्नका लागि मानिसहरु अनेकौ उपायहरु गरिरहेका हुन्छन् ।
प्रायः यो मौसममा आफुलाई शितल राख्नका लागि मानिसहरु शरिरलाई आनन्द आउने खानेकुराको सेवन गर्दछन् ।
जसमा एक हो–चिसो पानी
चिसो पानीले नुहाउन मन नपराउने यहाँ कमै मात्रमा भेटिएलान् ।
गर्मी मौसममा चिसो पानीले नुहाउनले शरिरलाई शितलता प्रदान गर्नका साथै आनन्दको अनुभूति गराउदछ ।
यत्ति मात्रै नभई मष्तिस्कलाई ठण्डा बनाउँछ ।
यस्तै, चिसो पानीले नुहाउनका अनेकौ फाईदाहरु छन् ।
यो सबै फाईदाको जानकारी तपाईहरुको लागि !

–चिसो पानीले नुहाउनले शरिरको ताक्रम बृद्धि हुन्छ । जसले गर्दा पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।
–चिसो पानीले नुहाउदा शरिरमा विभिन्न चोटपटक लागेको दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउछ ।
–यस्तै, चिसो पानीले नुहाउनले पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउँदछ ।
–नियमित चिसो पानीले नुहाउनले रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्छ ।
–चिसो पानीले नुहाउदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउन मदत गर्दछ ।
–त्यस्तै, थकाई लागेको छ भने चिसो पानीले नुहाउदा थकानलाई पनि कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।





