
२२ असार २०७६, काठमाडौं
सूदुरपश्चिमका अस्पतालमा ५ महिनापश्चात सुत्केरीलाई भत्ता वितरण गरिने भएको छ ।
संघिया सरकारले बजेट पठाएपछि सुत्केरीहरुले भत्ता पाउने भएको हो ।
गत माघ महिनादेखी बजेट अभाव भएको भन्दै अस्पतालमा प्रसूति सेवा लिने सुत्केरीहरुले भत्ता पाउन सकेका थिएनन् ।
संघीय सरकारले बजेट पठाए लगत्तै कतिपय अस्पतालले भत्ता वितरण सुरु गरिसकेका छन् भने कति अस्पताल अव सुरु गर्ने तयारी रहेका छन् ।





