थाईरोइड के हो ? महिलामा नै बढी समस्या देखिनुको कारण र बच्ने उपायहरु जान्नुहोस्



मानिसको शत्रु भनेको रोग हो ।

स्वस्थ भएर रमाउन मन नपराउने बिरलै होलान् ।

विभिन्न जिउने जीवनशैली तथा खानपानसँगै मानिसलाई अनेकौ रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

भनिन्छ नि, रोग लाग्नु भन्दा लाग्न नदिनु नै बुद्धिमानी हो ।

त्यसैले, मानिसहरु स्वस्थ रहनका लागि विभिन्न उपायहरु भने अपनाईरहेका नै हुन्छन् ।

प्राय: मानिसहरुलाई अनेकौ संक्रमण सम्बन्धी जानकार नभएका कारण विभिन्न रोगको शिकार बन्न पुग्छन् ।

जसमा एक हो –थाईरोइड

पछिल्लो समय नेपालीहरुमा थाईरोइड  एउटा प्रमुख समस्य बन्न पुगेको छ ।

विश्व स्वस्थ्य संगठनका अनुसार, ‘संसारभर १९ करोडभन्दा धेरै थाइरोइड पीडितहरु रहेका देखाएको छ । जुन, आयोडिनको कमीले हुने गर्दछ ।

सायद्, तपाईलाई लागिरहेको होला, थाईरोइड के हो ? यसबाट कसरी बच्ने ?

यस्तै, तपाईको मनमा लागेका जिज्ञासहरुलाई मेटाउनका लागि आज हामीले काठमाडौंस्थित शंखरापुर अस्पतालका फिजिसियन डा. रमेश ढकालसँग गरिएको यो संवाद !

यो कुराकानी तपाईहरुको लागि !

रोगको चिनारी:

थाईरोइड एउटा ग्रन्थी हो ।

जुन घाँटीमा सास फेर्ने नलीको बाहिरीपट्टी रहेको हुन्छ ।

यो पुतली अकारको हुन्छ,यसलाई साधरण भाषामा गलगाँड पनि भनिन्छ ।

थाईरोइड हुनुको कारणः

थाईरोइडको प्रमुख कारण भनेको आयोडिन नुनको कमी हुनु हो । जुन, आयोडिनको नमिसाएको ढिके नुनको सेवनले यो समस्यबाट ग्रसित हुने फिजिसियन ढकाल बताउछन् ।

उनी सुनाउँछन्, ‘तनाव, बंशानुगत, दुर्घटनामा वा चोटपटकबाट घाँटीमा गम्भिर असर परेको खण्डमा र पटक–पटक असुरक्षित तरिकाले टाउँको, घाँटी वा दाँतको एक्सरे गरेपश्चात यस्तो समस्य देखिन थाल्छ ।’

लक्षण:

जब, मानिस थोर–थोरै खाए पनि बढी मात्रामा मोटाउदै गएको खण्डमा थाईरोइडको लक्षण हो भनेर बुझ्न आवश्यक हुन्छ ।

फिजिसियन ढकालकाअनुसार, ‘डिप्रशनमा जाने, कम मात्रामा भोक लाग्ने, कमजोर महशुस हुने, शरिर शुन्निने, छिटो–छिटो महिनावारी हुने, छाला फुस्रो हुने, मुटुको गति सुस्त हुने, चिसो लाग्ने, अवाजमा भारीपन बढ्ने भएमा थाईरोइडका लक्षण हुन् ।’

थाईरोइडको टार्गेटेड उमेर समुह:

एउटी आमाको कोखबाट जन्मिएका साना दुधे बालक किन नहोस् !

कुनै पनि उमेर समुहका मानिसहरुलाई जुनै पनि समयमा यसको समस्य देखिन सक्छ ।

डा.ढकालका भन्छन्, ‘थाईरोइडको कुनै पनि उमेरसँग सम्बन्ध हुँदैन । जुन समस्य पुरुषमा भन्दा महिलामा बढी देखिने सम्भावना पनि हुन्छ ।’

 

पुरुषको तुलनामा महिलामा बढी देखिन्छ, किन?

किनभने, पुरुषको तुलनामा महिलाहरुको शरिर हर्मानको मामलामा ज्यादा संवेदनशील हुन्छ ।

डा. ढकालका अनुसार, ‘थाईरोइडको समस्यबाट हर्मान उत्पादनमा गडबढ् हुने भएकाले महिलाहरुको शरिरले त्यसको असरमा प्रतिक्रिया देखाउनका साथै पुरुषमा १० प्रतिशत तलमाथि हुँदा लक्षण देखिन्छ भने महिलामा १ प्रतिशतमै असर देखाईहाल्छ ।’

थाईरोइड बढेमा:

–डर लाग्ने,

–निन्द्रा नलाग्ने,

–हात काम्ने,

–ज्वरो आउने,

–मुटुको ढुक्ढुकी बढ्ने,

–कपाल झर्ने,

खानपान:

–योडिनयुक्त खाद्यापदार्थ सेवन गर्ने,

–नियमित रुपमा फलफुल सेवन गर्ने,

–सामुन्द्रिक माछा प्रशस्ता मात्रामा खार्नेे,

नखाने

डा.ढकाल भन्छन्, ‘थाईरोइड भएको व्यक्तिले काउली, ब्रोकाउली, बन्दा, बदाम, चिल्लो ड्राईफुट जस्तो खानेकुराबाट टाढै बस्नुपर्दछ ।’

उपचार:

जब थाईराइड भएको आफलाई शंका लाग्ने बित्तिकै तथा लक्षण देखिनसाथ अस्पताल गएर डाक्टरलाई देखाउने गर्नुपर्दछ ।

‘रगतको परिक्षणबाट मात्रै थाईरोइड पत्ता लगाउन सकिन्छ । पत्ता लगाईसकेपछि थाईरोइड सम्बन्धि औषधी दिन्छौं । यसलाई समयमै उपचार गर्ने सक्यो भने फेरी सामन्य अवस्थामा फर्किन पनि सकिन्छ’ फिजिसियन ढकाल बताउँछन् ।

नोट: त्यसैले कुनै पनि रोगलाई हेलचेक्र्याई नगरी सानैमा उपचार गर्न सक्यौ भने मृत्युको मुखबाट पनि बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्