स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न उपसमूहका ४०० बढीको समायोजन



२१ असार २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन गरेको छ ।

मन्त्रालयले मेडिकल रेकर्डर, डार्क रुम असिस्टेन्ट, कोल्ड चेन अधिकृत, खोप सुपरभाइजर लगायत थोरै संख्यामा कर्मचारी रहेका सबै तहका उपसमूहका करिब ४०० कर्मचारीको समायोजन गरेको बताएको हो ।

मन्त्रालयका उपसचिव भानुभक्त्त न्यौपनानेले बिवादमा नपरेका थोरै संख्या रहेका उपसमुहका करिब ४०० जनाको समायोजन शुक्रबार भएको बताए ।

उक्त समूहका कर्मचारीहरुको पत्र सम्बन्धित कार्यलयमा पठाउने तयारी शुरु भईसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्