होशियार ! पायल्सबाट पीडित व्यक्तिहरुले भुलेर पनि नखानुहोस् यस्तो खानेकुरा



१९ असार२०७६, काठमाडौं

विभिन्न जीवनशैलीसँगै मानिसलाई अनेकौ किसिमको रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

जुन रोगहरुमा एक हो–पायल्स

पायल्सबाट अनेकौ मानिसहरु पिल्सिए पनि खुलेर  भन्न सकिरहेका हुँदैनन् ।

यो रोग उपचार गरेर केही समय ठिक हुने जस्तो भएपनि पुनः दोहोरिएर आउने हुन्छ ।

पायल्सबाट बच्नका लागि हामी हरेक खानपानमा ध्यान दिन आवश्यक हुन्छ ।

त्यसैले, यस रोगबाट बच्नका लागि कस्तो खानेकुरा खाने भनेर यो जानकारी तपाईहरुको लागि!

–घिउ

पायल्स रोगीले घिउ धेरै मात्रामा खान हुँदैन । खाईहालेमा पनि कम मात्रामा खाने गर्नुहोस् ।

किनभने यो धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ ।

–फास्टफूड नखानुहोस्

पायल्स रोगी फास्टफूडबाट टाढै रहनु राम्रो हुन्छ । फास्टफुड साटोमा फलफुल, बन्दा, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुहोस् ।

–धेरै तेलयुक्त र मसालायुक्त भोजन

अत्यधिक मात्रामा तेल या मसाला भएको खानेकुराबाट पायल्स रोगीको लागि हानिकारक हुन्छ ।

पहिल्यैदेखि पायल्सको समस्य छ भने यस्तो खानाले पायल्सलाई बढाउने सम्भावना हुन्छ ।

–राजमा या मुसुरोको दाल

राजमा या मुसुरोको दाल पायल्सबाट पीडित व्यक्तिका लागि हानिकारक हुन्छ ।

–मांसाहारी भोजन

मांसाहारी सुप, भोजनबाट टाढै रहनुहोस् ।

–कफी, कोल्ड ड्रिंक्स

चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैन । त्यसैले सकेसम्म घरमै बनेको खानुहोस् ।

प्रतिक्रिया दिनुहोस्