
१९ असार २०७६, काठमाडौं
काभ्रेपलानञ्चोकमा वि.सं २०७२ को भुकम्पले क्षति पुर्याएको स्वाथ्य चौकीको भवन निर्माण कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।
स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक) आयोजना तथा कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई नेपाल सरकार प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युबराज दुलाल र नेपाल लागि स्विस राजूत श्रीमती एलिजावेथ भोन कपेलरले संयुक्त रुपमा उद्घाटन गरी स्वास्थ्य चौकी व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा मन्त्री दुलालले भौतिक सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण भएकामा खुसी व्यक्त गर्दै त्यसलाई सही तरिकाले उपयोग गर्न सुझाव दिए ।





