
१९ असार २०७६, काठमाडौं
भद्रपुर नगरपालिकाले नगरका तथा ३१ सामुदायिक विद्यालयलाई सेनेटरी प्याड, स्वास्थ्य र शैक्षिक सामग्री बितरण गरेको छ ।
नगरमा रहेका आठ माध्यमिकस्तरका सामुदायिक विद्यालयलाई एक हजारका दरले सेनेटरी प्याड तथा आठ आधारभुत र बाँकी प्राथमिक तहका विद्यालयका ३७२ लाई आकस्मिक स्वास्थ्य उपचार सामग्री बितरण गरिएको छ ।
महिनावारी भएको बेला छात्राहरु विद्यालय नै नआउने भएकाले उनीहरुलाई विद्यालयामा नियमित उपस्थित भई पठनपाठनमा सरिक गराउने उदेश्यले सेनेटरी प्याड विरण गरिएको हो ।
उक्त, सेवा सुविधा आगमी असार २२ गतेबाट साउन २२ गतेसम्म गर्ने निर्णय गरेको छ ।





