
१८ असार २०७६, काठमाडौं
समायोजनपछि जिम्मेवारी पाएका स्वास्थ्य सेवा विभाग र औषधी व्यवस्था विभागका नयाँ महानिर्देशकले पद वहाली गरेका छन् ।
समायोजनपछिको पदस्थापनमा स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी बाह्रौ तहका डा.सुशिल प्याकुरेललाई औषधी व्यवस्था विभागमा दशौं तहका बरिष्ठ औषधी व्यवस्थापक पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो ।
स्वास्थ्य सेवा विभागले आज हाजिर पुगेका महानिर्देशक प्याकुरेललाई औपचारिक कार्यक्रम गरी स्वागत गरेका हुन् ।
पदावलीको अवसरमा डा.प्याकुरेलले आफुसँग धेरै समय नभए पनि जत्ति छ त्यसमा डटेर काम गर्ने बताए ।





