
१८ असार, २०७६ काठमाडौं
स्वस्थ नै धन हो ।
त्यसैले, हरेक मानिस स्वस्थ हुन मन पराउँछन् ।
स्वस्थ रहनको लागि हाम्रो दैनिकी महत्वपुर्ण भुमिका हुने गर्दछ ।
त्यस्तै, स्वस्थ रहनको लागि हामीले खाने खानपानको पनि ठुलो भुमिका हुन्छ ।
त्यसैले स्वस्थ रहनको लागि यस्तो उपायहरु अपनाउनुहोस् !

–बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने गर्नुहोस् ।
–दैनिक रूपमा खानामा साग, सलाद समावेश गर्नुहोस् ।
–मौसम अनुसारको फलफुल खाने गनुृहोस् ।
–चाँडै सुत्ने र चाँडै उठ्ने बानी गर्नुहास् ।
–आठ घण्टा सुत्नुहोस् ।
–चिसो पेयपदार्थबाट टाढै रहनुहोस् ।
–नुन कम खाने बढी गुलियो नखानुहास् ।
–रातको सात बजे भन्दा अगाडि खाना खाईसक्नुहोस् ।
–खाना खानेबित्तिकै नसुत्नुहोस् ।
–रक्सी, चुरोट र सूर्ति सेवन नगर्नुहोस् ।
–व्यायाम गर्ने तनावमा काम नगर्नुहोस् ।
–६ र ६ महिनामा शरीर चेकअप गराउनुहोस् ।
–दिनहुँ एकपटक मजाले हाँस्नुहोस् ।
–आफूलाई कहिल्यै कमजोर नसम्झनुहोस् ।
–सकारात्मक सोचाई राख्नुहोस् ।





