मृगौला पीडितलाई निर्वाह भत्ता प्रदान गरिने



१८ असार २०७६, काठमाडौं

इलामको देउमाई नगरपालिकाले मृगौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

मृगौलाले काम गर्ने छोडेपछि प्रत्यरोपण गरेका बिरामीहरुलाई भत्ता दिने भएको हो ।

आगमी साउनबाट नै मृगौला रोगीको तथ्याङ्क संकलन गरी बिरामीहरुलाई मासिक रु.३ हजार ५ सय उपलब्ध गराउने नगरप्रमुख सुर्यप्रसाद पोखरेलले जानकारी दिए ।

नगरपालिकाका कार्यकारी अधिकृत प्रेम प्रसादका दहालका अनुसार, मृगौला पीडितका परिवारले उपचार गर्दा धेरै रकम लाग्ने र बढी समय खर्चिने भएकाले बिरामीलाई थोरै भएपनि केही राहत मिलोस् भन्ने उदेश्यले यो कार्यक्रम ल्याएका हौँ ।

प्रतिक्रिया दिनुहोस्