
१८ असार २०७६, काठमाडौं
स्वस्थ रहन सबैलाई मन पर्छ ।
त्यसैले, स्वस्थ रहनका लागि मानिसहरु हरेक खानपानसँगै विभिन्न उपायहरु खोजीरहेका हुन्छन् ।
जसमा एक उपाय –अनार

अनार मन नपराउने मानिसहरु कमै मात्रामा भेटिएलान् ।
अनार स्वास्थ्यको निकै लाभदायिक मात्रै नभएर खानामा पनि त्यत्ति नै स्वादिलो
चाहे गर्मी होस्, चाहे जाडो जत्ति खेरा नि यो खाना मिल्छ ।
जब शरिरमा रक्तसञ्चारको कम हुँदै जान्छ ।
तब मानिसहरुलाई विभिन्न संक्रमणले आक्रमण गरिरहेको हुन्छ ।
त्यसैले, शरिरमा रक्तसञ्चार बढाउनका लागि अनारको महत्वपूर्ण भुमिका रहेको छ ।
दैनिक अनार खानाले बिभिन्न रोग प्रतिरोधात्मक बढाउनुका साथै अन्य प्रशस्ता फाईदा हुने पोषणबिद्हरु बताउँछन् ।
अनारको फाईदाको बारेमा केही जानकारी तपाईहरुको लागि !

–रक्त सञ्चालन राम्रो बनाउनका साथै बढाउनमा मदत गर्छ ।
–अलि उमेर ढल्किदै गएपछि धेरै जसो बिर्सिने समस्यहरु हुन्छ, जुन समस्यलाई अनारको सेवनले कम गर्दछ ।
–गर्भवती महिलाले दैनिक अनारको सेवनले जन्मिने बच्चा स्वस्थ हुन्छ ।
–स्तन, प्रोस्ट्रेट र फोक्सो, क्यान्सर जस्ता रोग भएको बिरामीलाई अनारबाट निकै राहत मिल्छ ।
–पाचन प्रणाली, दाँतको समस्या कम गर्नुका साथै चम्किलो छाला बनाउन मदत गर्छ ।
–हृदयघात र स्ट्रोकको जोखिम सम्भावनालाई पनि कम गर्छ ।





