नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य कागजमा मात्र सीमित



१८ असार २०७६, काठमाडौं

नेपालमा अझै पनि अधिकांश महिलाहरुमा परिवार नियोजनको पहुच पुगिनसकेको सरोकारवालाहरुले बताएका छन् ।

दश लाख भन्दा बढी महिलाहरुलाई इच्छ भए पनि परिवार नियोजनको पहुँचबाट बाहिर रहेको बताएका हुन् ।

जनसंख्य बिकास सम्बन्धी अन्तर्राट्रिय सम्मेलन (आईसिपिडि) को २५ बर्ष पुगेको अवसरमा मंगलबार मिडिया एक्सन नेपालले गरेको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यशाला गोष्ठीमा कानुन उत्कृष्ट भएपनि कार्यन्वयन फितलो भएको भएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रमका अधिबक्त सोनाली रेग्मीले नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य कागजमा मात्रै सीमित रहेको कारण थपै्र महिलाहरु अनावश्यक रुपमा गर्भपतनको पिडा भोग्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्