अध्ययन: ई–चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ



१७ असार २०७६, काठमाडौं

परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतिय चुरोट) ले पनि स्वास्थ्यमा जोखिम देखिएको वैज्ञानिकहरु बताउछन् ।

ई–चुरोटले विशेषगरी मस्तिष्कको स्नायू प्रनाली र तन्तुलाई नष्ट गर्ने गर्छ ।

आई–साइन्स जर्नलमा प्रकाशित अध्ययन बयस्क मुसामा गरिएको परिक्षण अनुसार मस्तिष्क तन्तुमा विद्युतिय विद्युतीय तरल पदार्थ एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्क समग्र तन्तु र कोषिकामा नकरात्मक असर पार्दछ ।

अध्ययनकी लेखिका अटेना जाहेदीका अनुसार, सुरुवाती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोट नियमित सेवन गरेमा कुलतमा फस्ने, मस्तिष्कको कोषिकाहरु मर्ने र अन्तत रोगी हुने बताइन् ।

ई–चुरोट गर्भवती र युवाको लागि अझ खतरनाक हुने भएकाले यस्तो कुराहरु ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्