
१७ असार २०७६, काठमाडौं
स्वस्थ नै धन हो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमान मानिन्छ ।
मानिस स्वस्थ भयो भने हरेक कुरा प्राप्त गर्न सक्छ ।
जब त्यही मानिस अस्वस्थ हुन थाल्छ, बिस्तारै आफन्त नभएर परिवारको मायाबाट पनि बञ्चित हुँदै जान्छ ।
त्यसैले, मानिसको सबैभन्दा ठुलो धन हो –स्वस्थ
स्वस्थ रहनका लागि अनेकौ खानेकुराहरुमा ध्यान दिन आवश्यक हुन्छ ।
मानिसले स्वास्थ्यलाई मध्यनजर गरी फाईदाजनक खानेकुराहरु सेवन गर्नुपर्दछ ।
जसमा एक हो –जिरा

जिरालाई हामी स्वादिलो तरकारी बनाउनको लागि पनि प्रयोग गर्नेगर्छौ ।
तर, त्यत्ति मात्र नभई जिराको अनेकौ फाईदाहरु छन् ।
जिरालाई पानीमा राखेर सेवन गर्नाले शरिरलाई निकै राहत मिल्छ ।
मोटोपनदेखी पीडित भएका मानिसहरुको बोसोलाई हटाई अनावश्यक माटोपन आउन दिदैन ।
२ चम्चा जिराको दानालाई एक गिलास पानीमा रातभरी भिजाउने र बिहान जुन पानीलाई चिसै अथवा उमालेर सेवन गर्दा जिराको दानालाई पनि चपाउनुपर्छ ।
जसले, शरिरको अनावश्यक बोसोलाई हटाउने काम गर्दछ ।
विभिन्न रोगको संक्रमणबाट बच्नका लागि दिनमा ३ पटक जिरा पानीको सेवन गर्न आवश्यक हुन्छ ।
यस्तै, जिरा पानीको अनेकौ फाईदाहरु तपाईहरुको लागि !

रोग प्रतिरोधी क्षमतामा वृद्धिः
जिरा पानीमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी पाउने भएकाले यी तत्वमा नै एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ ।
यसको दैनिक सेवनले रोग प्रतिरोधी क्षमताको स्तरमा बृद्धि हुन्छ । त्यसैले रोगले कमै मात्रामा आक्रमण गर्ने हुन्छ ।
मिठो निद्राः
मानिसको तौल बढी मात्रामा भयो भने निन्द्रा नलाग्ने समस्या हुन्छ । समस्यबाट पिडीत व्यक्तिले जिरा पानीको दैनिक सेवनले मिठो निद्रा लाग्ने हुन्छ ।
पाचनतन्त्रलाई स्वस्थः
जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाईने भएकाले पाचनतन्त्रलाई स्वस्थ राख्न मदत गर्छ ।
जसबाहेक अन्यः झाडा बान्ता, मर्निङ सिकनेस, ग्यास पायल्स, रुघाखोकी र कब्जियतबाट राहत मिल्छ ।

शरीरको सफाइः
जिरा पानीमा फाइबर पाईने भएकाले यसले शरिरमा भएका अनावश्यक वस्तु बाहिर निकाल्छ ।
त्यत्ति मात्रै नभएर जिराको पानीले शरीरको आन्तरिक सफाई गर्नका साथै शरीरलाई हाइड्रेट राख्छ जसका कारण आफुलाई फ्रेश महसुस हुन्छ ।





