
१७ असार २०७६, काठमाडौं
कञ्चनपुरमा डेगुं सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ ।
सो लामखुटेटेले टोकेपछि डेगुं लाग्ने भएकाले कञ्चनपुरको सात ओटा नगरपालिकामा नष्टको अभियान नै संचालन गरिएको हो ।
दुई दिन भित्रमा शुक्लाफाँट, वेद्गोट, कृष्णापुर, भीमदत्त, बेलौरी, महाकाली, र पुर्नाबास नगरपालिकाका शहरी क्षेत्रहरुमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।
लामखुट्टेले पानीट्याङकी, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डीहरुमा लामखुट्टेले फुल पार्ने भएकाले सातै नगरपालिका एक भई नियन्त्रणको अभियान सुरु गर्न लागेको हुन् ।





