गर्मीको रापमा शरिरलाई शितलता प्रदान गर्ने साथै गन्हाउने पसिनाबाट बच्न यस्तो उपायहरु अपनाउनुहोस्



१६ अषाढ २०७६, काठमाडौं

मनसुन सुरु भएसँगै गर्मी घट्दो क्रममा छ ।

यो मौसममा हामीले आफ्नो शरिरलाई शितलता प्रदान गर्नका लागि अनेकौ उपायहरु अपनाईरहेका हुन्छौं ।

किनभने, गर्मीको कारण पसिनाको बढी मात्रामा आउने हुन्छ ।

जत्ति धेरै पसिना आयो उत्ति धेरै त्यो व्यक्ति स्वस्थ रहन्छ भन्ने आम मानिसहरुको भनाई पनि हो ।

शरिरमा भएको बिकार समेत पसिनाकै कारण बाहिर निस्किनका साथै पसिनाले शरिरको तापक्रम समेत सन्तुलनमा राख्दछ ।

तर….

अधिकांश मानिसहरु पसिनाका कारण आफ्नो शरिर नै गनाउने भएकाले पीडित हुन्छन् ।

पसिना गन्हाउने भएको कारणले आफुसँगै बसेको साथीले पनि असहज महशुस गरिरहेको हुन्छ ।

आवश्यकताभन्दा बढी पसिनाको समस्यलाई हाईड्रोसिस भनिन्छ ।

आफ्नो शरिर कमजोर भएको बेला पनि पसिना आउने तथा थाइराइड ग्रन्थी आवश्यकताभन्दा बढी सक्रिया भएको बेला पनि पसिना आउने गर्दछ ।

जसकारण यो गमीयाममा आफ्नो शरिरलाई शितलता प्रदान गर्ने वा पसिनाबाट बच्नका लागि यो जानकारी तपाईहरुको लागि !

–पुदिना तथा कागती पानी पिउने गर्नुहोस् ।

–सफा तथा स्वच्छ पानी प्रशसता मात्रामा पिउँनुहोस् ।

–आलुबखडा, आरु, भुँइकटर, आँप, नास्पाती, केरा खरबुजा र अन्य फलफूलहरु खाने गर्नुहोस् ।

–गर्मी मौसममा पीरो तथा अमिलो खानेकुरा खाने गर्नुहोस् ।

–मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुहोस् ।

–यो मौसममा २ देखि ३ लिटरसम्म पानी पिउने गर्नुहोस् ।

त्यस्तै, आवश्यकताभन्दा बढी पसिना आउने, बढी तापक्रम तथा स्वस्थ व्यक्तिले ५ लिटरसम्म पिउनु पर्छ ।

साथै बढी पसिना आउने व्यक्ति नियमित नुहाउनुका साथै बढी मात्रामा फलफुल सेवन गर्ने गर्नुपर्छ ।

धेरै बेर भोकै नबस्न, मसलादार खानेकुरा कम खाने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्