
१६ अषाढ २०७६, काठमाडौं
गर्मी महिना बढेसंगै विभिन्न रोगहरुले उत्तिकै आक्रमण गरिरहेको हुन्छ ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमान मानिन्छ ।
जसमा एक हो –मुटुरोग

मानब जीवनमा भएको जीवशैलीको परिवर्तनसँगै मुटुरोग मानब मृत्युको पहिलो कारण बन्न पुगेको छ ।
महिला पुरुष दुवै जनालाई असर गर्ने रोग रोग हो ।
नेपालमा पछिल्लो समय मुटुरोग बढिरहेको चिकित्सकहरु बताउँछन् ।
जुन रोग ४० बर्षभन्दा माथिको व्यक्तिमा देखिन्थ्यो भने पछिल्लो समय आएर युवायुबतीमा देखिन थालेको छ ।
गर्मी समयमा मुटु रोग भएको व्यक्तिले हरेक कुरामा ध्यान दिन आवश्यक हुन्छ ।
किनकि वातवरणीय तापपन बृद्धिको असर मुटुमा पर्छ ।
यो समयमा मुटुरोग भएको व्यक्तिको लागि यो जानकारी !

–निकै घाम चर्केको बेला बाहिर निस्किनुहुँदैन । यदि निस्कनै पर्ने अवस्था भयो भने छाता ओढेर मात्रै निस्किने गर्नुहोस् ।
–आफुलाई बढी मात्रामा गर्मी भयो भने नुहाउनुहोस् ।
–यदि मनोरञ्जनका लागि बाहिर निस्कनु मन छ भने पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थानमा जानुहोस् ।
–दिनमा बस्दा पटक–पटक तरल पदार्थको सेवन गर्नुहोस् ।
–चिया, कफी, मदिरा सेवनबाट टाढा रहनुहोस् ।
–मोबाईल फोन सधैं आफ्नो साथमा राख्नुहोस् । किनकि असहज महशुस हुँदा परिवारको सदस्य तथा अन्यलाई फोन गर्नुहोस् ।





