बुद्धशान्ति गापामा २५ शैयाको सुविधासम्पनन अस्पताल बन्दै



१६ अषाढ २०७६, काठमाडौं

झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शैयाका सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ ।

अस्पताल निर्माणको लागि गाउँपालिका अध्यक्ष रमेश भुजेलले चालू आवबाट रु. ५० लाख विनियोजन गरेका छन् ।

बुद्धशान्तिमा ठूूलो तथा सुविधासम्पन्न अस्पतालहरु नहुँदा समस्या भएको गाउँपालिकावासीहरुको गुनासोसँगैं गाउँपालिकाले अस्पताल निर्माणको प्रक्रिया सुरु गरेको हो ।

गााउँपालिकाको १ नं वडामा २५ शैयाको सुविधासम्पन्न अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीवासीहरु हर्षित भएका छन् ।

गाउँपालिकावासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल बनाउन लागिएको गाउँपालिका अध्यक्ष भुजेलले बताए ।

हाल बुद्धशान्तिमा स्वास्थ्य सेवाको नाममा वडा नं ३ र ५ मा स्वास्थ चौकी मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्