
१५ असार २०७६, काठमाडौं
प्रदेश नं. ५ र सुदुरपश्चि प्रदेशका जिल्लामा वर्षातको समयमा पानी जन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य सस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा बिभाग इपिडिमियोलोजी तथा रोग महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानी सम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी सस्थालाई प्रदान गरिएको हो ।
वर्षातको समयमा खानेपानीको मुहान दुषित भई पानीको माध्यबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर उपकरणको प्रदान गरिएको भनी महाशाखाका धनप्रसाद पौडेलले बताए ।





