
१५ असार २०७६, काठमाडौं
नेपाल नर्सिङ परिषद्ले हिजो शनिबार लिएको (लाईसेन्सिङ एक्जामिनेशन) परिक्षामा ३५ प्रतिशत उतीर्ण भएका छन् ।
परिषद्का अनुसार स्टाफ नर्स र वीएस्सी नर्सिङ गरि १ हजार ५०१ जना सहभागी भएका थिए ।
उक्त,परिक्षामा उतिर्ण भने ५२६ जना (३५.४) प्रतिशत मात्रै रहेको छ ।
त्यस्तै, परिषद्का अनुसार लाईसेन्स परिक्षा उतीर्ण गरेकाहरुलाई आगमी असार २६ देखि ३० सम्म प्रमानपत्र बितरण गर्ने जनाएको छ ।





