
१४ असार २०७६, काठमाडौं
ट्रिटन इन्टरनेसनल कलेज, काठमाडौंको आयोजनामा भोलि देखि निशुल्क रुपमा SEE दिएर बसेका विद्यार्थीहरुको लागि करियर काउन्सेलिंग सुरु हुदैछ ।
विद्यार्थीहरुको क्षमता र रुची हेरी कुन विषय पढ्दा राम्रो हुने र कहाँ पढ्दा राम्रो हुने विषयमा हुन लागेको यस सेमिनारमा नेपालका युवा मोटिभेस्नल स्पिकर तथा करियर काउन्सिलरको रुपमा चिनिएका शिवांग दत्त मुख्य आकर्षणका केन्द्र हुनेछन ।
दत्तको पढाईको पृष्ठभूमि पनि बलियो र SEE र +२ (विज्ञान) मा ए प्लस ल्याएर पास भएका हुन् भन्ने कलेजका प्रशासन प्रमुख ऋतु न्यौपानेले दिएका छन् । सेमिनारमा हरेक विद्यार्थीलाई छुट्टाछुट्टै रुपमा काउन्सेलिंग गरिने उनले जानकारी दिए ।
सेमिनारमा बिभिन्न विषयका विज्ञहरुको पनि उपस्थिति हुनेछ ।





