रिलायन्स पव्लिक स्कूलको उत्कृट नतिजा



१३ असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन, विवेकचोकमा अवस्थित रिलायन्स पब्लिक स्कूलले २०७५ सालको माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।

रिलायन्स शैक्षिक सञ्चाल अन्तरगतको यस रिलायन्स पब्लिक स्कूलबाट जम्मा ४७ जना सहभागी भएकोमा एक जना विद्यार्थी अभियान आचार्यले जी.पि.ए. ४ ल्याउन सफल भएका
छन् ।

उनले भने भविष्यमा इन्जिनियर तर्फको उच्च शिक्षा हासिल गरि देशको प्राविधिक क्षेत्रमा कार्यगर्ने बताए । तपाइलाई जी. पि. ए ४ ल्याउनका लागि निरन्तर बुझेर पढने र कक्षा कोठाको सिकाइबाट मात्रै नभै अन्य स्रोतहरु जुटाएर मेहनेतका साथ पढनुपर्नेमा उनले जोड दिए ।

साथै शिक्षक शिक्षिका संग अत्यन्तै नजानेको उत्सुकता उतिनैखेर राखि पढने बानीले यो सफलतामा पुर्याएको बताए । उनले अभिभावको सल्लाह र सहयोगका साथै विद्यालय प्रिन्सिपल, शिक्षक, शिक्षिकाहरुको मार्ग दर्शननै यस सफलताको राज रहेको बताए ।

त्यसैगरी सोहि विद्यालयबाट विनम राईले जी.पि.ए. ३.९५ ल्याउन सफल भएकी छिन् । ४७ जना मध्ये ३० जना विद्यार्थीहरुले जी.पि.ए. ३.६५ भन्दा माथि (ए प्लस) ल्याउन सफल भएका छन् भने बाकि १७ जना विद्यार्थीहरुले जी.पि.ए. ३.२५ देखि ३.६ सम्म ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्