
१३ असार २०७६ काठमाडौं
विभिन्न जीवनशैलीसँगै खानपानका कारण प्रायः मानिसको धेरै प्रकारको रोगहरु लाग्ने गरेको देखिन्छ ।
जसमा एक हो–रक्तचाप
पछिल्लो समय रक्तचाप बढेर अस्पताल नपुग्ने बिरामीहरु कमै मात्रामा भेटिएलान् ।

कतिपय मानिसहरु रक्तचाप बढ्यो अर्थात ब्लड प्रेशर बढ्यो भने मात्रै अस्पताल जाने बानी हुन्छ ।
किनभने, आफनो रक्तचाप घटेको त्यत्ति गम्भीरतापूर्वक लिदैन्न ।
जसकारण, रक्तचाप घटेको सामान्य लिनको कारण हजारौं मानिसहरु जोखिममा परेको देखिन्छ ।
त्यसैले, यस्तो समस्यहरुबाट पिडीत हुनुहुन्छ भने यो जानकारी तपाईहरुको लागि !
काठमाडौंस्थित गोकर्ण अस्पतालमा कार्यरत डा. कुशल गौतमसँग गरिएको यो कुराकानीः
उच्च रक्तचाप हुनुको कारण
–बढी मात्रामा कफीको सेवनले रक्तचाप बढाउँछ ।
–मानसिक तनाबले पनि रक्तचाप बढाउँछ ।
–बहिरको जथाभाबी खाना तथा फास्टफुड खानाले बढाउँछ ।
उच्च रक्तचापको असरः
–मुटु, किड्नी रगतमा असर गर्ने,
–आकस्मत हृदयघात हुने
–ब्लड प्रेसरको असर दिर्घकालिन हुन्छ ।
–दिमागमा रगतनली फुट्ने
–मृगौलामा बिग्रिने
–आँखा कम्जोर हुँदै जाने

उच्च रक्तचापका तथा प्रेुसर हाई भएको बेला ध्यान दिनुपर्ने कुराहरुः
–नुनको कम गर्ने
–चिल्लो कम खाने,
–नियमित व्यायाम गर्ने
–सागसब्जी प्रशस्ता मात्रमा खाने,
–रक्तचाप घट्नुको कारणः
– शरीरमा पानी तथा रगतको मात्रा कम हुनाले घट्छ ।
–मानसिक आघात, तनाव, शोक, दुःख,रिस यस्तै कुराले घट्छ ।
–धेरै रक्तस्राव हुनु, पौष्टिक आहारको कमी हुनु, जस्तो समस्यले घट्छ ।
–अत्यधिक मोटाउनु, दुःखद् समाचार सुन्नु जसले प्रेसर लो हुन हुन्छ ।
ब्लडप्रेसर ल्वो भएपश्चातको असर
– चक्कर लाग्ने हुन्छ ।
–मृगौला रोग लाग्न सक्छ ।
–मस्तिष्कमा असर गर्ने हुन्छ ।
–गर्भको बच्चाको मृत्यु हुने सम्भावना हुन्छ ।

ब्लडप्रेसर ल्वो भएपश्चातका यस्तो खानेकुरा खानेः
–नुनको मात्रा पुग्ने गरी झोलिलो पदार्थ खाने
–लामो समय बसेर अचानक नउठ्ने,
– खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ कम गर्ने
– धेरै भन्दा धेरै पानी पिउने,
–तातो पानीले नुहाउन ननुहाउँने
–चिन्ताबाट टाढै रहने,





