३० बर्षदेखी जंगलमा बस्दै आएका ८० बर्षिय बृद्धा घर फिर्ता



१३ असार २०७६, काडमाडौं

बिगत ३० बर्ष देखि कुष्ठरोगका कारण जंगलमा बास बस्दै आएका एक बृद्धा घर फर्किएका छन् ।

पाल्पाको निस्दी–४ मित्यालका ८० बर्षिय जसवीर सुनारीलाई कुष्ठरोग लागेका कारण गाउँबाट ७०० मिटर टाढा जंगलमा बस्दै आएका थिए ।

जङ्गलमा करिब ३० बर्ष बिताएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यम समाचार प्रकाशन र प्रसारण भएपछि सरकारको पहलमा उनलाई घर फर्काएको हो ।

सुनारी भन्छन्ः जङ्गलमा बस्दा जङ्गली जनावरको डर लाग्ने, अहिले धेरैपछि घरमा आउँदा आफैलाई अचम्म लागेकोे छ ।

प्रतिक्रिया दिनुहोस्