
१२ असार २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित त्रि–ज्योति माविकी छात्रा प्रज्ञा खड्काले राष्ट्रिय परीक्षा बोर्डले (आज) बिहिबार सार्वजनिक गरेको एसईई २०७५ को नतिजामा जिपिए ४ ल्याएकी छिन् ।

देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएको एसईईमा प्रज्ञा खड्काले उत्कृष्ट नतिजा ल्याएकी हुन् ।

विद्यालयका सहायक प्राचार्य गणेश मिश्रका अनुसार एसईई परीक्षा २०७५ मा सहभागी कुल ७७ विद्यार्थी मध्ये प्रज्ञा खड्काले उत्कृष्ट जिपिए ४ ल्याएकी छिन् भने अन्य २७ जनाले ए प्लस र बाँकी सबैले ए ल्याएका छन् ।





