
१२ असार २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित पिक प्वाईन्ट एकेडेमीकी छात्रा डिना थापाले राष्ट्रिय परीक्षा बोर्डले (आज) बिहिबार सार्वजनिक गरेको एसईई २०७५ को नतिजामा जिपिए ४ ल्याई ईतिहास रच्न सफल भएकी छिन् ।
देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएको एसईईमा डिना थापाले बूढानीलकण्ठ नगरपालिकामा मात्र नभई देशभरिकै उत्कृष्ट विद्यार्थी हुन सक्ने अनुमान गरिएको छ ।
विद्यालयका प्रिन्सिपल विनय श्रेष्ठका अनुसार डिना कक्षा ५ देखि सो विद्यालयमा अध्ययनरत थिईन् । पढाईमा तेज डिना बक्तृत्वकला, वादविवाद लगायतको अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी छिन् ।
विद्यालयमा २३ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा डिना सहित ५ जनाले ए प्लस ल्याएको विद्यालयको प्रिन्सिपल श्रेष्ठले परिवर्तन खबरलाई बताए ।






