मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुनुहोस्,जसका लागि आयोडिनको फाईदा जान्नुहोस्



१२ असार २०७६, काठमाडौं

हरेक मानिस गर्भावस्थादेखि नै मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त हुन आवश्यक हुन्छ ।

त्यसैले, मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन हरेक कुराको आवश्यकता पर्दछ ।

जसमा एक हो – आयोडिन

आयोडिन स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ ।

यो एउटा खनिज पदार्थ हो ।

जसलाई हामी विभिन्न किसिमका फलफुल, तरकारी, अण्डा, गेडागुडी माछा जस्ता चीजहरुमा प्राप्ता गर्न सकिन्छ ।

गर्भावस्थामा आयोडिनको कमी हुनुहुँदैन ।

किनभने, २ वर्ष उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत बिकास भईसकेको हुन्छ ।

आयोडिनको फाईदाको केही जानकारी  तपाईहरुको लागि !

गर्भावस्था

गर्भवती महिलाले दैनिक रुपमा आयोडिनको सहि मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत पुग्छ।

किनभने यसको कमीले गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरु उत्पन्न हुन्छ ।

त्यसैले, गर्भवती महिलाले दैनिक रुपमा प्रयोग गर्नुपर्छ ।

बाल्यावस्था

बाल्यावस्थामा आयोडिनको ठिक प्रयोगले नानीहरुको मानसिक तथा शारीरिक विकासमा राहात मिल्छ ।

किशोरावस्था

किशोरावस्थामा आयोडिनको ठिक प्रयोगले पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक असर पर्दछ ।

सबै उमेर

आयोडिनको सही मात्राले शरीरका बिभिन्न अंगहरुको बिकासमा सहयोग गर्ने हुनाले यसको प्रयोगले गलगाँड तथा हाइपोथाइरोइडिजम् जस्ता समस्याहरु बाट मुक्ति मिल्छ ।

प्रतिक्रिया दिनुहोस्