निता राउत फाउण्डेशनद्वारा १ सय २० बालबालिकालाई शैक्षिक सामाग्री वितरण



१२ असार २०७६, सिन्धुली

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ४ डकाहा स्थित सरस्वती माध्यमिक विद्यालयका १ सय २० बालबालिकालाई विद्यालय पोशाक र झोला वितरण गरिएको छ ।

निता राउत फाउण्डेशनको पहलमा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत १ सय २० बालबालिकालाई विद्यालय पोशाक र विद्यालय झोला वितरण गरिएको हो ।

विपन्न, दलित दनुवार र मुसहर जातीका बालबालिका अध्ययन गदै आएका सो विद्यालयमा आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय आउन छाडेको जानकारी पछि सहयोग प्रदान गरिएको निता राउत फाउण्डेशनका अध्यक्ष निता राउतले बताईन् ।

नियमित विद्यालय आउन छाडेका कक्षा ४ मा अध्ययनरत रविन्द्र मलिल्क विद्यालय पोशाक र झोला पाए पश्चात खुशी हुँदै अब निरन्तर विद्यालय आउने प्रतिबद्धता व्यक्त गरेका छन ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय आउन छाडेका बालबालिकालाई यस्तो सहयोगले विद्यालय फर्काउन सजिलो हुने विद्यालयका प्रधानाध्यापक रेशकुमार मोक्तानले बताए ।

निता राउत फाउण्डेशन विगत ३ वर्षदेखि बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्