परराष्ट्रविद् डा. राजन भट्टराईको पोष्टले नेपाली राजनीति तरङ्गित



१२ असार २०७६, काठमाडौं

अहिले मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्छ र हुनुहुँदैन सँगै प्रचण्डलाई सत्ताको साँचो सुम्पिनुपर्छ र पाँच वर्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार सञ्चालन हुनुपर्छ भन्नेखालका तर्कसहितका अनेकखाले बहस चलिरहेका छन । यहीबीचमा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले एउटा स्टाटस लेखे जसले अर्कै खालको बहस र तरंक समेत पैदा गर्यो । यिनै विषयमा केन्द्रीत रहेर सल्लाहकार डा भट्टराईसँग बीबीसी नेपाली सेवाले गरेको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

के गणतन्त्र उल्टाउने तरखर तपाईहरुलाई आभास भइरहेको हो ?
–नेपालमा हरेक पटक के भएको छ भने आन्दोलन सफल हुन्छ । आन्दोलनलाई संस्थागत गर्ने हामी प्रक्रियामा जान्छौं । संविधान बनाउँछौं, संविधानबाट त्यसलाई कार्यान्वयनमा लाने एउटा निश्चित अवधि लिन्छ त्यसले । त्यो अवधि लिन नपाउँदै यो व्यवस्था बेठिक भयो, यो व्यवस्थाले गर्न सकेन भनेर व्यवस्थाकै विरुद्धमा अफवाह फैलाउने र त्यसका आधारमा अस्थिरता उत्पन्न गरेर त्यो व्यवस्था माथि प्रश्न चिन्ह खडा गर्ने २००७ सालदेखि हामीले पटक पटक भोग्दै आएको अवस्था हो । यही कुरा अरु मुलुकमा तपाईं तुलना गर्नुभयो भने व्यवस्था स्थापित हुन्छ । अनि त्यो राज्य संचालन गर्ने जो निकायमा पुग्छ उसलाई निर्वाचनका माध्यमबाट पाँच वर्षसम्म दिइन्छ । नहुदा पाँच वर्ष पछि जनताले अर्को पार्टी राजनीतिक पार्टी शक्तिलाई छान्ने चलन छ । तर यहाँ के सुनिदै छ भनेर भन्दा यो बहुदलीय व्यवस्था नै खराब, गणतन्त्र नै खराब, धेरैओटा छोटा राजा भए भन्ने नाममा यो अहिले हामीले ल्याइरहेको संविधानमाथि नै प्रश्न उठाउने विगत कै परम्परा दोयाउँन खोजिएको र सडकमा त्यस किसिमका कुराहरु सुनिन थालेको कुरालाई मैले इंकित गरेको हुँ ।

राजतन्त्रका पक्षपातीहरु पहिले पनि थिए, गणतन्त्रको विरुद्धमा उनीहरुले आवाज पहिलेबाट उठाउँदै आएका छन् । अहिले जोखिम बढेर तपाईले भन्या ?
–होइन बढ्न पनि सक्छ नि । किनभने विगत त हामीले देखेका छौं । पाएका अधिकारहरु खोसिएका छन् हाम्रा, संविधानहरुलाई सस्पेन्स गरिएको छ पटक पटक । इतिहासले पटक पटक गरेर भोग्दै आएका कुरालाई अब गर्नु हुदैन भनेर हामीले सचेत हुनपर्छ भन्न खोजिएको हो ।

भनेको त्यो बढेको छ ? त्यस कारण सर्तकताको निम्ति तपाईले ? ध्यानकर्षण गराएको हो ?
–बढ्न पनि सक्छ । त्यस्ता आवाज पनि सुनिन थालेका छन् । गलत आवाजहरु गलत निकायहरुबाट गलत तरिकाबाट आउनु हुदैन ।

तपाईले गलत तरिका र गलत निकायबाट आएको भन्नु भयो नि, त्यो निकाय र भनेर तरिका कसलाई भन्नु भएको हो ?
–संविधान भन्दा बाहिरबाट बोल्नेहरुलाई भनेको ।

कसले बोल्यो त्यस्तो ?
–बोलिराखेका छन् त । अब कसले भनेर मैले यही भनेर किन भन्नु पर्याे र ।

सरकारलाई त्यस्तो लागिसकेको रहेछ भने त जनतालाई त भन्नु पर्याे ।
–त्यो तपाईले पनि देख्नु भएको छ, मैले पनि देखेको छु । प्रतिबन्धित राजनीतिक दलहरुका गतिविधिहरु पनि त्यहाँ छन् । संविधानभन्दा बाहिर रहेर नाराहरु, भनाइहरु आइरहेका छन् त ।

दुई ओटा कुरा भन्नु भयो तपाईंले एउटा त एउटा त संविधानको मर्म भन्दा बाहिर रहेर कुरा गर्ने भनेर राप्रपालाई भन्न खोज्नु भएको होला तपाईंले ?
–होइन, संविधान भन्दा बाहिरका एजेण्डा ज –जसले बोकेका छन्, त्यसैलाई भनिन्छ ।

तपाईंले प्रतिबन्धित पनि भन्नु भयो पार्टीमा भनेको त्यो नेत्रविक्रम चन्दहरु पनि राजा फर्काउन खोज्या ?
–होइन, नेत्र विक्रम चन्दहरु पनि त यो व्यवस्था उल्टाउने काममा त लागेका छन् नि । यो संविधान असफल बनाउन लागेका छैनन् र ?

भनेको त्यसले अन्ततगोत्वा राजतन्त्र फर्काउने शक्तिलाई नै सहयोग पुर्याउँछ भन्ने तपाईको बुझाइ ?
–प्रतिगामी शक्तिलाई नै सहयोग पुर्याउँछ । यतिबेला हामीले जनताले पाएका अधिकारहरु लामो संघर्षबाट प्राप्त संस्थागत गरिएका विषयहरुलाई उल्ट्याउन खोज्दा त्यसको सहयोग अन्ततोगत्वा प्रतिगामी शक्तिलाई हुन्छ । जुन कुरा हामीले विगतमा भोगेका छौं ।

अनि तपाईले टिवट्मा क–कसलाई कसो गरि एक ठाउँमा ल्याउन सकिन्छ भने भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था पनि भन्नुभएको छ । कसले एक ठाउँमा कसरी ल्याउँन खोजिराखेको छ ?
–तिनै शक्तिहरु यो संविधान, यो व्यवस्था चित्त बुझेको छैन् । हिजोका आन्दोलनबाट किनारा लागेका शक्तिहरु त्यसो गर्न सकिन्छ कि भनेर लागेको हामीले आभास पाएका छौं ।

अनि बाहिरका शक्ति भनेर कसलाई संकेत गर्नु भएको ?
–बाहिरका शक्ति भनेर जो जो त्यो ल्याउनु हुदैन भनेर लाग्ने शक्तिलाई नै इंगित गर्न खोजिएको हो ।

त्यस्ता छन् मित्र राष्ट्रहरु पनि ?
–होइन, त्यो त तपाईंले नाम लिनु भयो होइन । मैले त भित्र बाहिरका शक्ति भनेर भनेको छु । मैले भनेका कुरा मात्रै बुझौंन ।

अलिकति जनताले पनि बुझ्ने गरि भन्दिनु पर्यो ?
–मैले बुझ्ने गरि नै भनेको छु भन्ने त मैले हो नि । मैले जनतालाई जे कुरा सम्प्रेषण गर्न खोजेको छु त्यही कुरानै सजिलो हुन्छ ।

यो कस्तो बेला आयो भने राजपा र समाजवादी पार्टी एउटा सरकारमा छ, एउटा विपक्षमा छ । ती दुई बीच एकीकरणका चर्चा चलिराखेको बेलामा ।
–तपाईको इन्टरप्रिटेशन हो । मैले लेखेको भाषाले त्यो कुरा दिदैन । मैले त्यहाँ प्रष्ट रुपमा भनेको छु, यो व्यवस्था उल्टाउन खोज्ने शक्तिहरु । यो संविधानलाई उल्टाउन खोज्नेहरु जसलाई यो हिजो ल्याएको चित्त बुझेको छैन् भन्ने शक्तिलाई इंगित गर्न खोजिएको भन्ने बुझ्नु पर्याे ।

इतिहास दोहो¥याउँने कुचेष्टा भनेर छुट्टै वाक्य पनि राख्नु भएको छ । त्यो भनेको विगतमा प्रचण्डले केपी ओलीको सरकार ढालेर सरकार बनाएका थिए । कतै त्यस तर्फ संकेत गरेको हो की ?
–यो चाहि तपाईंको अनौठो लाग्छ । तपाईंको आफ्नो खालको व्याख्या गर्ने होइन । मैले श्रृखंलावद्ध रुपमा भनेको छु सुरुमा मैले जे भनेको छु, त्यसैको निरन्तरताको रुपमा इतिहास मैले अघिनै भने २००७ सालमा हामीले आन्दोलन ग¥यौं, ०४६ सालमा आन्दोलन गर्यौं । पटक पटक हाम्रा आन्दोलनहरु खोसिए । पटक पटक हामीले संविधान ५/६ ओटा बनाउनु पर्यो यो मुलुकमा । त्यस कुरातर्फ इंगित गरेर मैले भनेको हुँ । त्यस तर्फ जानु हुदैन भन्ने हो मेरो भनाइ ।

सन्दर्भ कस्तो पर्यो भने अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच मतभेदका खबरहरु आइराखेको बेलामा तपाईं यो टिविट् गरेको हुनाले….. .
–तपाईंले जोड्न चाहनु भयो । त्यसको लागि अब तपाईंलाई म के भनौं ? धन्यवाद नै दिउ । किनभने तपाईंले नभएको कुरा जोड्दिनु भयो ।

भनेको तपाईंसँग स्पष्ट हुन खोजेको कारण के भने विभिन्न किसिमले विभिन्न अर्थ लगाउन सकिने अवस्था देखियो । तर तपाईंले त्यो कुरा अस्वीकार गर्नुभयो ?
–त्यस्तो अर्थ लाग्दैन नि ।

तपाईंले बढ्दो जनअपेक्षा सरकारको कमजोर डेलिभरी प्रणाली यसबाट उत्पन्न जन असन्तुष्टिलाई प्रयोग गर्न खोजेको भन्नु भएको छ होइन ? यसले चाहिं सरकारको कमजोरी छ भन्ने तपाईले स्वीकार्नु हुन्छ ?
–जनताको अपेक्षा बढ्दो छ । त्यो बढ्दो जनअपेक्षा पुरा गर्नका लागि सरकारले जुन किसिमको सर्भिस डेलिभरी गर्नु पर्ने हो । बढ्दो उसमा कमजोरी छ भन्न खोजेको हो मैले ।

हो त्यो कमजोरी स्वीकारेपछि सरकार आफै हाँकिराख्नु भएको छ । त्यो काम गर्दिने बित्तिकै त यति धेरै चिन्ता सार्वजनिक नै गर्नु पर्ने थिएन नि त । त्यो आत्मविश्वास अलि कमजोर भएको हो की ?
–हाम्रो जस्तो देशमा साधन स्रोत र जनताको आंकाक्षाको बीचमा खाडल पर्ने गर्छ । त्यो खाडलको व्यवस्थापन सरकारले गर्नु पर्छ । तर, त्यो गर्नका लागि निश्चित समय लाग्छ । त्यसतर्फ उन्मुख छ की छैन भनेर हेरिनु पर्छ । त्यो उन्मुख छ भने त्यो खाडल पुरिदै भन्ने तर्फ जाने कुरा सकारात्मक रुपमा लिनु पर्छ तर हामीकोमा के भयो भने त्यही अवस्था आउने जुन खालको जुन असन्तोष हो । त्यसलाई प्रयोग गरेर व्यवस्था कै विरुद्धमा जाने विगतको प्रवृति दोहोरिन सक्ने तर्फको संम्भावना इंगित हो ।

जनताले त पाँच वर्षको लागि भनेर तपाईंहरुलाई…
–त्यही पाँच वर्षकै निम्ति भनेर पठाएको हुनाले पाँच वर्षसम्म उसले काम गरेर दिने समय अवधि दिनु पर्छ भन्ने हो ।

तपाईकै पार्टी अध्यक्षले त सरकारको नेतृत्व आलोपालो गर्ने सहमती नै गरेका रहेछन् । भनेपछि त पाँच वर्ष त तपाईंले नपाउने अवस्था देखिहाल्यो नि ?
–होइन अब उहाँहरुले के गर्नु भएको छ । औपचारिक रुपमा हामीलाई भन्नु भएको छैन् । औपचारिक रुपमा नभनेपछि मैले त्यसमा बोल्न मिलेन हैन ? तर नेकपालाई सूर्य चिन्हमा मतदान दिएर पाँच वर्षका लागि निर्वाचित गरेको हो । पाँच वर्ष सम्म पर्खने धैर्यता हरेकसँग व्यवस्था त्यो कुराका लागि रहनु पर्छ । नभए ठिक छ जनतासँग विकल्प जहिले पनि छ ।

होइन तपाईंले सूर्य चिन्हलाई मात्र भन्नु भयो । सूर्य चिन्हलाई मात्र दिएको होइन नि त, माओवादी ।
–पछि त सूर्य चिन्हनै भएको छ अहिले । एकीकरण पछिको चिन्ह सूर्य नै रहेको छ ।

त्यसो भए नेतृत्व पनि परिवर्तन हुदैन ?
–मैले बुझेसम्म यो पाँच वर्षकै लागिसम्म हाम्रै पार्टी अध्यक्षले नै बोलिराख्नु भएको छ । ठूला नेताहरुले बोलिराख्नु भएको छ । अहिले मैले जे …. छु त्यही बोल्नु पर्यो नि ।

(प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसँग विविसी नेपाली सेवाको कार्यक्रम नेपाल सन्दर्भमा २०७६ असार ११ गते साँझ प्रशारित अन्तर्वार्ता )

प्रतिक्रिया दिनुहोस्