दुई सन्तानपश्चात परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान



१२ असार २०७६, काठमाडौं

नमोबुद्ध नगरपालिकाले दुई छोरीपश्चात  परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ ।

नगरप्रमुख टंकप्रुुसाद शर्माले आर्थिक वर्ष २०७६ / ७७को नीति तथा कार्यक्रम सार्वजानिक गर्ने क्रममा उक्त नीतिको घोषण गरेका हुन् ।

‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उदेश्यका साथ यस्तो नीति ल्यार्ईएको नगरप्रमुखले बताए ।

उनले भने, ‘दुई छारी जन्मिएपछि निराश बनेका परिवारलाई खुसी तर्फ परिणत गर्न चहान्छौंँ, जसको बिकल्पमा दम्पतीहरुलाइए सम्मान तथा सुबिधा तय गर्नेछौँ’ उनले महिला तथा बालबालिकालाई नीतिगत नै सम्बोधन गरिएको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्