ॐ अस्पतालमा सघन उपचार नर्सहरुको प्रशिक्षण हुँदै



१२ असार २०७६। काठमाडौं

ॐ अस्पताल सघन उपचार नर्सहरुका लागि हिजो वुधबारबाट प्रशिक्षण शुरु भएको छ । नेपालमा पनि क्रिटिकल थप प्रभावकारी बनाउने उदेश्यले प्रशिक्षण सञ्चालन गरिएको हो ।

नेपाल क्रिटिकल केयर नर्सेस एसोसियनसँगको सहकार्यमा सञ्चालित प्रशिक्षणमा २१ जना नर्सको सहभागिता  रहेको छ ।

चरणबद्ध रुपमा सञ्चालन हुने ३ महिनाको यस प्रशिक्षण मार्फत सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

क्रिटिकल कियर डेप्लोपमेन्ट फाउन्डेसनका अध्यक्ष प्रा डा. सुवास प्रसाद आश्चर्यले यस प्रशिक्षणबाट सबैलाई दक्ष बनाउने जिम्मा आफुहरुको रहेको तर मेहनत भने सहभागिले गर्नुपर्ने जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्