एसईईको नतिजा आज अपरान्ह ३ बजे प्रकाशित हुँदै



१२ असार २०७६, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक गर्ने भनिएतापनि प्राविधिक कारणले (आज) बिहिबार अपरान्ह ३ बजेतिर हुने भएको छ ।

एसईईको नतिजा सार्वजनिक गर्न आज दिउँसो १ बजे बोर्ड बैठक बोलाईएको परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी गराएका छन् ।

गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्