
११ असार २०७६, काठमाडौं
समयको परिवर्तनसँगै हरेक कुराको परिवर्तन हुँदै आएको छ ।
मानिसहरु हरेक काम कम्प्युटरबाट नै गर्न थालेका छन् ।
अहिलेको युगमा कम्प्युटर नचलाउने मान्छे कमै मात्रामा पाईएलान् ।
किनभने, हरेक व्यक्तिको समस्य कम्प्युटरबाट नै समाधान हुन्छ ।
बिशेषगरी दैनिक कम्प्युटर अगाडि बस्ने व्यक्तिमा प्रायः शारिरीक समस्यहरु आईरहेका हुन्छन् ।
जसकारण कम्प्युटर अगाडि बस्दा अनेकौ कुराहरुमा ध्यान पुर्याउन जरुरी छ ।
जसकारण यो जानकारी तपाईहरुको लागि!

–कम्प्युटर अगाडि कुर्सीमा बसिसकेपछि शरीरको पछाडीको भाग र बस्ने भाग जत्ति सक्दो पछाडि लैजाने गर्नुपर्छ ।
–कम्प्युटरमा बस्दा जति सक्यो सिधा बस्ने, किनभने यसरी बस्दा पछाडीको भागको ढाडलाई केही आधार दिन्छ र यसले स्वास्थ्यमा असर गर्दैन ।
–कुर्सीलाई अग्लो पार्दा निकै ख्याल राख्नुपर्ने हुन्छ, ताकि आँखा स्क्रिनमा सिधा परोस् र घुँडो पछाडीको भाग भन्दा तल होस् ।
–नारीलाई टेवलमा राखि माउस पनि सकेसम्म नजिकै राख्ने,
–कम्प्युटर टेवल अगाडी कुर्सीमा बस्दा खुट्टा या भुइँमा छुने गरी या काठको टुलमा पर्ने गरी राख्ने,





